बलात्कारको आरोपमा बैतडी मेलौलीका २८ वर्षीय युवक पक्राउ

बैतडी: बैतडीमा एक २८ वर्षीय युवक बलात्कारको आरोपमा पक्राउ परेका छन्।

जिल्लाको मेलौली नगरपालिका ५ खलिगाडका २८ वर्षीय नरेश जोशीलाई बलात्कारको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

जोशीमाथि असोज २१ गते बिहान मेलौली नगरपालिका-६ को लामाखोला जङ्गलमा ४५ वर्षीया महिला करणी गरी भागेका आरोप छ । भागेका जोशीलाई आइतबार साँझ लामालेकबाट पक्राउ गरेको प्रहरी निरीक्षक खत्रीले बताए ।

पक्राउ परेका जोशीबिरूद्ध जबरजस्तीकरणी मुद्दा दर्ता भएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.