ललित बोहरा / बैतडी :
बैतडीको शिवनाथ गाउँपालिकाले स्थानीय पाठ्यक्रम कक्षा ४-५ र कक्षा ६-८ को स्थानीय पाठ्यक्रम तयार गरेको जनाएको छ । गाउँपालिको तयार गरेको स्थानीय पाठ्यक्रमको नाम हाम्रो शिवनाथ राखेको गाउँपालिका अध्यक्ष कर्णबहादुर साउँदले बताए ।
यहाँका पर्यटकिय क्षेत्र, स्वास्थ्य तथा शिक्षाको विवतरण, वडा र गाउँपालिका सम्बन्धी जानकारी लगायतका बिषय समेटर स्थानीय पाठ्यक्रममा समावेश गरिएको उनले बताए ।
कक्षा १-३ का लागि यो भन्द अगाडी नै पाठ्यक्रम निमार्ण गरेर अध्यापन सबै बिद्यालयले गरिरहेको शिक्षा, यूवा तथा खेलकुद शाखा प्रमुख शिक्षा अधिकृत दिनेश साउदले बताए । कक्षा ४-५ र कक्षा ६-८ को पाठ्यक्रम तयार गरे गाउँपालिका पुगेको र अब बिद्यालयमा वितरण थालिने उनले बताए ।
शिक्षा शाखाका प्रमुख साउँदको संयोजकत्वमा कार्यदल गठन गरेको पाठ्यक्रम निमार्ण गरेको गाउँपालिकोले जनाएको छ । कार्यदलमा गाउँपालिका प्रबक्ता केशब चन्द सल्लाहकार राखिएको थियो ।