एमाले सुदूरपश्चिम अध्यक्षका लागि ४ जनाको उम्मेदवारी, ५ बजेबाट मतदान

धनगढी:

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षका लागि ४ जनाको उम्मेदवारी परेको छ। धनगढीमा जारी प्रथम प्रदेश अधिवेशनअन्तर्गत मंगलबार ४ जनाले प्रदेश अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गरेका हुन्।

मंगलबार बिहान ७:३० बजेदेखि नै निर्वाचन कार्यक्रम सुरु गर्ने भनिए पनि सर्वसम्मत नेतृत्व चयनका लागि सहमतिको प्रयास गर्ने भन्दै निर्वाचन कार्यक्रम धकेलिएको थियो। ढिला गरी उम्मेदवारी दर्ता सुरु गरिएकामा ४ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ।

अध्यक्ष पदमा अछामका कृष्ण प्रसाद जैशी, कमल तिमिल्सिना र भरतबहादुर साउदले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै, बझाङका बचनबहादुर सिंहले पनि अध्यक्षमा उम्मेदावरी दर्ता गराएका छन्।

तिमिल्सिनालाई प्रदेशका निवर्तमान अध्यक्ष दामोदर भण्डारी लगायतको समर्थन रहेको छ। जैसीलाई पोलिटब्युरो सदस्य कर्ण थापा लगायतको समर्थन रहेको बताइएको छ।

निर्वाचन समितिले बिहान ९:३० बजेसम्म उम्मेदवारी दर्ताको समय तोके पनि १०:३० बजेसम्म पनि उम्मेदवारी दर्ताको काम भइरहेको बताइएको छ। ११:३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन तथा दिउँसो २:३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशनको कार्यक्रम तय गरेको छ। तय कार्यक्रमअनुसार मंगलबार साँझ ५ बजेबाट मतदान सुरु हुनेछ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.