डडेल्धुराको एक मदिरा पसलमा आगलागी, सञ्चालक घाइते

डडेल्धुरा:

डडेल्धुरा जिल्ला सदरमुकाम नजिकै तल्लो खलंगामा गएराती एक पसलमा आगलागी हुँदा लाखौंको क्षति भएको छ। पसल सञ्चालक घाइते भएका छन्। अमरगढी नगरपालिका ४ तल्लो खलंगाका कमल गुरुङको मदिरा पसलमा मध्यराती एक्कासि आगलागी हुँदा लाखौंको क्षति भएको अनुमान गरिएको छ। आगलागीबाट निस्सासिएर गुरुङ घाइते भएको र उनको अहिले डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। आगलागीबाट उनको शरीरको बाहिरी भाग जलेको छ। हात र खुट्टामा जलन भएको छ।

उनको अवस्था खतरामुक्त भएको प्रहरीले जनाएको छ। पसलभित्र के कति क्षति भयो भन्ने एकिन जानकारी आइनसकेको र प्रहरी अहिले मुजुल्का उठाउन घटना स्थल पुगेको डडेल्धुराका प्रहरी नायब निरीक्षक करबीर ऐरले जानकारी दिए। पसलका साहु अस्पतालमा भएकाले उनी आएपछि मुजुल्का उठाउने कुरा भइरहेको ऐरले बताए।

आगलागी हुने बितिक्कै अमरगढी नगरपालिकाको दमकल घटना स्थल पुगेर आगो नियन्त्ररण लिएकोले ठुलो क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ। आगलागी कसरी भयो भन्ने विषयमा अनुसन्धान गरी पत्ता लगाइने प्रहरीले जनाएको छ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.