एमाले सुदूरपश्चिमको सचिवमा २ जनाको उम्मेदवारी दर्ता

धनगढी:

नेकपा (एमाले) को सुदूरपश्चिम सचिव बन्न २ जनाको उम्मेदवारी दर्ता भएको छ। धनगढीमा जारी प्रदेशको प्रथम अधिवेशन अन्तरगत सचिवमा २ जनाको उम्मेदवारी परेको हो।

अहिलेसम्म रणबहादुर चन्द र राजेश खातीले उम्मेदवारी दर्ता गराएका हुन्।

अध्यक्षका उम्मेदवार कमल तिमिल्सिनाको टिमबाट चन्दले उम्मेदवारी दिएका हुन् भने अर्काले कृष्णप्रसाद जैसी टिमबाट उम्मेदवारी दर्ता गराएका हुन्।

निर्वाचन समितिले मंगलबार बिहान ७ बजेदेखि साढे ९ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकेको थियो। तर पछि समय बढाइएको हो। अहिले पनि उम्मेदवारी दर्ता भइरहेको छ।

साढे १२ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको प्रमुख निर्वाचन अधिकृत पदम पालले जानकारी दिए।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.