सुर्नयाका प्रमुख प्रशासकिय अधिकृत अवस्थीलाई सिगास गाउँपालिकाको थप जिम्मेवारी

बैतडी

बैतडीको सुर्नया गाउँपालिकाका हाकिमलाई सिगास गाउँपालिकाको थप जिम्मेवारी तोकिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार पत्राचार गरेर सुर्नयामा कार्यरत हाकिम रघुनाथ अवस्थीलाई सिगासको पनि जिम्मेवारी तोकेको हो ।

स्थानीय सरकार सञ्चाल ऐन २०७४ को दफा ८४ को उपदफा ४ बमोजिम सिगासमा प्रमुख प्रशसकीय अधिकृत हाजिर नहुँदा सम्म अवस्थीलाई कार्य सम्पादनका लागि जिम्मेवारी दिइएको मन्त्रालयले जारी गरेको पत्रमा उल्लेख गरिएको छ ।

सिगासमा प्रमुख प्रशसकीय अधिकृत हाजिर नहुँदा सम्म हाल कार्यरत कार्यालयमा बाधा नपर्ने गरि सिगास गाउँपालिकामा सम्पादन गर्नुे पर्ने कामकाज सहजिकरण गर्न आर्थिक तथा प्रशासनिक कार्य सहितको थप जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।

जिल्लाको सिगास गाउँपालिकामा असोज १ गते हाजिर भएका कृष्णप्रसाद घिमिरेको नुवाकोटको लिखु गाउँपालिकामा सरुवा भएसंगै पालिका प्रमुख प्रशासकीय अधिकृत विहिन बनेको थियो । पालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा समस्या भएकोमा मन्त्रालयले अवस्थीलाइ जिम्मेवारी दिए संगै कामकाजमा सहज हुने गाउँपालिकाले जनाएको छ ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!