बैतडी:
बैतडीको पाटन नगरपालिका -६ मा पर्ने प्रसिद्ध उदयदेव मन्दिरमा कार्तिक ६ गते मेला हुने भएको छ । कार्तिक ५ गते राँगा बाधिने र ६ गते काटिने अर्थात दिउँसो मेला लाग्ने भएको छ ।
मेलालाई व्यवस्थीत बनाउन पाटन नगरपालिकाले बजार मूल्य तोकेको छ भने ५ सय मिटर भित्र मदिरा निषेध गरेको छ । नगर उपप्रमुख कमल सिह बोहराले सर्वपक्षीय बैठक बोलाएर मुल्यसुचि ताेकिनुका साथै मदिरा निषेध लगायतका निर्णय गरेको बताएका छन् ।
रंगहरु प्रयोग भएका मिठाई तथा अन्य अखाद्य बस्तु बिक्री वितरणमा रोक लगाउने निर्णय समेत गरेको नगरपालिकाले जनाएको छ । यस्तै नगरपालिकाले दुईदिन मेला परिसरमा स्वास्थ्य सहायता कक्षा स्थापना गर्ने नगर उपप्रमुख बोहराले बताए ।
नगरपालिकाले तोकेको दरभाउ अनुसार सादा खानाको १२० रुपैंया मात्रै लिन पाइने छ भने खसीको मासु प्रति प्लेट ३ सयमा विक्रि गर्नुपर्ने छ । यस्तै कुखुराको मासु प्रति प्लेट २५०,पुरी तरकारी २ सयमा विक्रि गर्न पाइने छ । यस्तै समोसा प्रतिपिस २० रुपैंया, चाउमिन हाफ प्लेटको ५० रुपैैया, छोला समोसा हाफ प्लेटको ५० रुपैंया, पकौडा हाफ प्लेटको ३० रुपैया तोकिएको छ ।
यस्तै भेज मम फुल प्लेटको १२० रुपैंया, चिकेन मम फुल प्लेटको १६० रुपैंया, मटन मम फुल प्लेटको २ सय रुपैया, जेरी प्रतिकेजी २५० रुपैंया, मिठाइ प्रतिकेजी २५० रुपैंया, कमन कोठा प्रतिबेड २सय, सादा कोठाको ५ सय र अटेच कोठाको एक हजार रुपैंया दरभाउ तोकिएको छ ।
मुल्यसुचि