पाटन नगरपालिका १० मा तीन दिने निःशुल्क आँखा शिविर शुरु

बैतडी:

बैतडीको पाटन नगरपालिका १० मा शुक्रबार देखि निःशुल्क आँखा शिविर शुरु भएको छ ।

शुक्रबारदेखी आईतबारसम्म सञ्चालन हुने शिवीरमा पहिलो दिन २ सय ४० जनाले सेवा लिएका छन् । १४ जनाको आखाँको शल्यक्रिया समेत शिवीरमै गरिएको छ ।

पाटन नगरपालिका वडा नम्बर १० मा महालक्ष्मी तथा साना किसान सहकारी संस्था र च्यारीटी हेल्थ फाउण्डेसन नेपाल धनगढीको सयुक्त आयोजनामा शुरु भएको शिविर आइतबारसम्म सञ्चालन हुने पाटन नगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष धनबहादुर कुवँरले बताए ।

आँखासम्बन्धी समस्या भएका बिरामीहरुले निशुल्क सेवा लिन सक्ने आयोजनकले जनाएको छ ।

us dintal patan
Leave A Reply

Your email address will not be published.