डडेल्धुरामा ३८ वर्षीय मल्ल मृत फेला

डडेल्धुराः

डडेल्धुरामा एकजना मृत फेला परेका छन्। जिल्लाको गन्यापधुरा गाँउपालिका–२ का करिब ३८ वर्षीय गणेशबहादुर मल्ल मृत फेला परेका हुन्। बडाल जाने बाटो आमबारीमा उनी लडेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

थाइराइडका बिरामी रहेका मृतक मल्लकी श्रीमती भारतमा र छोरीहरु कैलालीमा छन्। मृतकको शव पोष्टमार्टमका लागि डडेल्धुरा अस्पतालमा राखिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.