एमालेको सुदूरपश्चिम नेतृत्वमा सर्वसम्मत, अध्यक्षमा कृष्णप्रसाद जैसी

धनगढी:

नेकपा एमाले सुदूरपश्चिम प्रदेश अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन भएको छ। भीम रावल पक्षलाई २ उपसचिव दिएपछि पाँचौं दिनमा नेतृत्व चयन प्रक्रिया पूरा भएको एमाले नेता भरत खड्काले बताएका छन्।

रावलकै जिल्लाबासी ‌ओली पक्षीय नेता कृष्णप्रसाद जैशी अध्यक्ष भएका छन्। त्यसैगरी बाजुराका कालीबहादुर शाही उपाध्यक्ष, कैलालीका रणबहादुर चन्द सचिव, रावल पक्षका नरबहादुर बिक उपसचिव र महिला उपसचिव भागिरथी विष्ट भएका छन्।

बुधबार ओली पक्षले आपसी सहमति गरेर कर्णबहादुर थापा पक्षलाई अध्यक्ष र दामोदर भण्डारी तथा लालबहादुर थापा पक्षलाई उपाध्यक्ष सचिव दिने निर्णय गरेको थियो।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.