बैतडीको श्रीभावर–हाट सडकखण्ड सुख्खा पहिरोले अवरुद्ध

बैतडी:

बैतडीको श्रीभावर–हाट सडकखण्ड अवरुद्ध भएको छ । पुर्चौडी नगरपालिका– ७ कोटिला गोफा खोला नजिकै सुख्खा पहिरो जाँदा खण्ड अवरुद्ध भएको हो ।

गएराति गएको सुख्खा पहिरोले सडक खण्ड अवरुद्ध भएको प्रहरीचौकी पुरघाटले जनाएको छ । पहिरो गएर सकड अवरुद्ध भएपछि यात्रु समस्या परेका छन् । सडक सुचारु गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.