बाशुलिङ्ग प्रिमियर लिग सिजन टू हुँदै

बैतडी :

बैतडी- विजया दशमीको अवसरमा बैतडीमा बाशुलिङ्ग प्रिमियर लिग (बिपीएल ) सिजन टू हुँदै छ । बाशुलिङ्ग क्रिकेट क्लवको आयोजनामा सुर्नया गाउँपालिका वडा नं २ स्थित सिद्धखाली खेलमैदानमा बिपीएल सिजन टू हुन लागेको हो ।

सहभागि हुने चाहनेले यहि असोज ३० गतेसम्म टिम दर्ता गर्न सकिने आयोजनाले जनाईएको छ। टिम दर्ताको लागि ६ हजार शुल्क लाग्ने बताईएको छ।

प्रतियोगिताको प्रथम पुरस्कार ३५ हजार सहित ट्रफि मेडल र प्रमाणपत्र राखिएको छ। यसैगरी द्धित्तिय पुरस्कार १८ हजार सहित ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक क्लवले जनाएको छ। प्रतियोगितामा म्यान अफ द सिरिजलाई २ हजार ५ सय सहित ट्रफि मेडल र प्रमाणपत्र, बेष्ट ब्याट्सम्यानलाई ट्रफि मेडल र प्रमाणपत्र, बेष्ट बलरलाई ट्रफि मेडल र प्रमाणपत्र र म्यान अपल दि म्याचलाई ट्रफि प्रदान गरिने जनाईएको छ।

स्वास्थ्यका लागि खेलकुद र राष्ट्रका लागि खेलकुद भन्ने कुरालाई आत्मसाथ गर्दै बाशुलिङ्ग प्रिमियर लिगको आयोजना गरिएको हो।

२०६९ सालमा स्थापना भएको बाशुलिङ्ग क्रिकेट क्लवले प्रत्येक वर्ष कार्यक्रम गर्दै आएको क्लवका संस्थापक अध्यक्ष प्रकाश चन्दले  बताए ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!