ललित बोहरा
बैतडी: जनता संग माओवादी विशेष रुपान्तरण अभियान अन्र्तगत बिहीबार लक्षीराम लुहारको अध्यक्षतामा नेपाल दलित मुक्ति मोर्चा बैतडी जिल्ला कमिटी गठन गरिएको छ ।
पाटनमा भएको मोर्चाको प्रथम जिल्ला भेलाबाट अध्यक्ष लोहार र सचिवमा हरिलाल विक क्रान्ती सचन भएका नेकपा माओवादी केन्द्र बैतडी इन्चार्ज आरपी तिमिल्सेनाले बताए ।
भेलाले बैतडीका ९ स्थानीय तहका इञ्चार्ज र संयोजक तोकिएको अध्यक्ष दलित मुक्ति मोर्चा लोहारले बताए । पाटन नगरपालिका भागीरथ लोहार इञ्चार्ज, संयोजक, जिवन लुहार, दशरथचन्द नगरपालिका नारायण लोहरा इञ्चार्ज, संयोजक जयदेव लोहार, दोगडाकेदार गाउँपालिका ज्ञनी पार्की इञ्चार्ज, संयोजक महेश महर, डिलाशैनी गाउँपालिका कुमार लोहार इञ्चार्ज, केशब औजी संयोजक, सुनर्या गाउँपालिका प्रकाश विक इञ्चार्ज, रमेश टेलर संयोजक, मेलौली नगरपालिका मधु औजी इञ्चार्ज, धर्मसिह दयाल संयोजक, शिवनाथ गाउँपालिका, भरत पार्की इञ्चार्ज, दिपक दयाल संयोजक, सिगास गाउँपालिका टेकेन्द्र विक इञ्चार्ज, पुर्चौडी नगरपालिका किरण पार्की इञ्चार्ज, र अनीस विक संयोजक तोकिएका छन् ।
बाँकी कमिटी सदस्य तथा स्थानीय तह इन्चार्ज दास्रो भेलाबाट तोकिने माओवादी केन्द्र जिल्ला संयोजक शंकर भण्डारीले बताए । यस्तै नेपाल दलित मुक्ति मोर्चा पाटन नगरपालिकाको समिति चयन भएको छ ।
नगर कमिटी अध्यक्षमा जिवन लोहार, उपाध्यक्ष नरेश औजी, सचिव कृष्ण कोली, सहसचिव जगदीश केली, सहसचिव ललिता भुल, कोषाध्यक्ष द्रोपती विक चयन भएका छन् । कमिटीको सदस्यमा जानकी दमाई मदन लुहार, दिलीप लावड, नरेश टेलर, रतन विक, पदमा कोली र हजारी दमाई छनोट भएको अध्यक्ष जिवन लोहारले बताए ।
तर्दश समिति संयोजक लक्ष्मीराम लुहारको अध्यक्षतामा सम्पन्न भेलाका प्रमुख अतिथि इञ्चार्ज, आरपी तिमिल्सेना, विशिष्ट अतिथी जिल्ला संयोजक शंकर भण्डारी, पाटन नगर उपप्रमुख कमल बोहरा अपी लगायतका नेपाल दलित मोर्चाका प्रदेश कमिटी पदाधिकारी तथा सदस्य र नेताहरको उपस्थीती रहेको थियो ।