बैतडी:डडेल्धुराको अजयमेरु गाउँपालिका स्तरीय शिक्षक कर्मचारीबिचको मैत्रीपुर्ण भलिवलको उपाधी चन्द्रज्योती आधारभुत विद्यालय धारीहुराले हात परेको छ ।
अजयमेरुको वडा नम्बर ३ भरतपुर मावि भुल्कुडाको खेलमैदानमा सम्पन्न प्रतियोगीताको उप-विजेता घनघस्या मावि खतेडा बनेको छ। भने तेस्रो स्थान भद्रपुर माविले कब्जा गरेको छ ।
प्रथम, दित्तिय र तित्तीय स्थान प्राप्त गर्ने टिमलाई क्र:मस, १८ हजार, १४ हजार र १० हजार शिल्ड, मेडल तथा प्रमाण पत्र प्रदान गरेको गाउँपालिका भलिबल प्रशिक्षक लालबहादुर पाण्डेले बताए । कार्यक्रमका प्रमुख अतिथी गाउँपालिका अध्यक्ष उमेश प्रशाद भट्ट विकाशले नगद, शिल्ड र प्रमाण पत्र वितरण गरेका हुन्र ।
अजयमेरु गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको वार्षिक कार्यक्रम अनुसार प्रतियोगीता सम्पन्न गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत लालबहादुर सेटीले बताए ।
प्रतियोगीतामा १२ टिमको सहभागीता रहेको थियो ।