बैतडी :
बैतडीको पाटन नगरपालिका-५ बसन्तपुर जोड्ने सडक निर्माण कार्य सुरु भएको छ ।
जिल्लाको पाटन नगरपालिकादेखी देहिमाण्डौ–बसन्तपुर–सडकखण्ड अन्तरगतको वडा नम्बर ५ को कार्यालय जोड्ने सडक निर्माणको कार्य सुरु भएको हो । दोगडा यु दृष्टि निर्माण सेवासँग गत वर्षको पुषमा नै उक्त सडकखण्ड निर्माण गर्न झण्डै ५४ लाखमा ठेक्का सम्झौता भएको थियो ।
सम्झौता भएको एक वर्षसम्मपनि काम सुरु नगरेपछ कार्यपालिकाबाट ठेक्का स्थगित गरी निर्माण कम्पनीलाई कारवाही गर्ने चेतावी दिइएको थियो । तर निर्माण कम्पनीले निर्माण कार्य तुरन्तै गर्ने बताएपछि कारवाही प्रक्रिया अघि बढाइएको थिएन ।
केहिदिनदेखि निर्माण सुरु भएको पाटन नगरपालिकाका प्रशासन शाखा प्रमुख राजेन्द्र प्रशाद भट्टले जानकारी दिए । उक्त सडकखण्डको निर्माण कार्य आर्थिक वर्ष २०७५ ०७६ देखि नै सुरु भएको थियो । तर पूर्ण भने हुन सकेको थिए ।
हालै कटान सुरु भएको निर्माण कार्य सम्पन्न भएमा देहिमाण्डौबाट बसन्तपुर देखि ओदाली हुदै पाटनसम्म यतायात सेवा सुचारु गर्न सकिने पाटन नगरपालिका नगर उपप्रमुख कमलसिह बोहराले बताए । उनले शुक्रबार सो सडकको अनुगमन समेत गरेको बताए ।