तीन पालिकाका एउटै हाकिम भन्छन्-‘कागजात सदरमुकाम ल्याउनुस काम गरिदिन्छु’

ललित बोहरा
बैतडी :

बैतडीमा एकै हाकिम अर्थात् प्रमुख प्रशासकीय अधिकृतलाई तीन पालिकाको जिम्मेवारी दिइएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबार, काठमाडौँले प्रशासन समुहका शाखा अधिकृत अर्थात ७ औँ तहका सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीलाई तेस्रो स्थानीय तह डिलाशैनी गाउँपालिकाको पनि जिम्मेवारी दिइएको हो।

योसँगै अवस्थीलाई जिल्लाको सिगास गाउँपालिकामा थप जिम्मेवारी गर्ने गरि पत्र पठाएको तेस्रो दिन नै थप डिलाशैनी गाउँपालिका हेर्ने जिम्मेवारी दिएको छ।
सुर्नया गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत अवस्थीलाई बैतडीकै हुन् ।

शुक्रबार मन्त्रालयले पठाएको पत्रमा अवस्थीलाई सुर्नया गाउँपालिकाको कामकाजमा बाधा नपर्ने गरी प्रमुख प्रशासकीय अधिकृत हाजिर नहुँदासम्म डिलाशैनी गाउँपालिकाको आर्थिक तथा प्रशासनिक कार्यसहितको जिम्मेवारी दिएको उल्लेख गरिएको छ।

बैतडीका गाउँपालिकाहरुमा भदौमा खटाएका नयाँ प्रमुख प्रशासकीय अधिकृतहरूको २० दिन नपुग्दै सरुवा गरेपछि अहिले पालिकाहरू प्रमुख प्रशासकीय अधिकृतविहीन भएका छन्।

सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अवस्थीलाई सुर्नयासँगै सिगास र डिलाशैनी गाउँपालिकाको थप जिम्मेवारी प्राप्त भएको छ। एकैजनालाई तीनवटा गाउँपालिकाको जिम्मेवारी बहन गर्दा समस्या हुने बताइएको छ।
के भन्छन् अवस्थी?
बैतडीको डिलासैनी र सिगास गाउँपालिका भौगोलीक रुपमा टाढा छन् । ८ दिनमै डिलाशैनीबाट प्रमुख प्रशासकीय अधिकृत सरुवा भएका छन् । भने सिगासबाट पनि छोटो समयमै सरुवा भएपछि आर्थिक तथा प्रशासनिक कामकाजमा समस्या भएको स्थानीय तहले जानकारी दिए । सिगास गाउँपालिकामा थप जिम्मेवारी केही समय बहन गर्न सकिने सहमती अनुसार दिएको तीन स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृत अवस्थीले बताए ।

डिसासैनी पनि कर्मचारीको तलब भत्ता खुवाउन समस्या भएकाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले फोन गरेर जान भनेपछि ठिक छ भनेको उनले बताए ।

‘सिगासमा केही समयको लागि भनिएको थियो मैले हुन्छ भनेको हो पछि मन्त्रालयबाट फोन आयो डिलासैनी पनि तबल खुवाउन सम्म गर्नु पर्छ भन्यो सकिदैन भनेको पत्र आई हाल्यो।’ अवस्थीले भने,‘फोन आएको थियो डिलासैनीबाट तलब भत्ताका कागजपत्र ल्याउन भनेको छु, त्यहाँ जन त सकिदैन धेरै टाढा हो का सिगास, सुनर्या र डिलासैनी सकिन्छ त।’बैतडीका दशरथचन्द, पुर्चौडी नगरपालिकामा दशैको मुखमा समेत प्रमुख प्रशासकिय अधिकृत छैन्।

 

 

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.