हिरापुर क्षेत्र दुर्घटनाग्रष्त क्षेत्र बन्दै, एकैदिनमा २ दुर्घटना

बैतडी: 

बैतडीको पाटन नगरपालका वडा नम्बर ६मा पर्ने हिरापुर क्षेत्र दुर्घटनाग्रस्त क्षेत्र भइरहेको छ । १२ घण्टामा यो क्षेत्रमा ३ गाडीमा क्षती भएको छ । आईतबार बिहान जिप पल्टीएकाे थियाे भने  दिउँसो मोटरसाइकल र अल्टो एक आपसमा ठोक्किएका छन् ।

बैतडीको पाटन नगरपालिका ६ स्थित हिरापुरमा मोटरसाइकल र अल्टो एकआपसमा ठोक्किएका हुन् । पाटनबाट धनगढीका लागि गइरहेको सु।प।प्र।०३–०१०२३ च ६५३५ नम्बरको अल्टो र विपरित दिशाबाट आएको सुपप्र ०१ ०११ प ९३४१ मोटरसाइल एक आपसमा ठोक्किएको प्रहरीले जनाएका छ ।

दुर्घटनामा सवारी साधनमा मात्रै क्षति पुगेको र कुनै मानविय क्षति नभएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता प्रहरी निरिक्षक योगेश खत्रीले जानकारी दिए ।

हिरापुरमै आइतबार बिहानै जिप पनि पल्टिएको थियो । धनगढीबाट दार्चुलाको मकरीगाडका लागि गइरहेको म १ ज ३६० नम्बरको जीप बिहान साढे ५बजे दुर्घटना भएको हो । उक्त दुर्घटनामा परी जीपमा सवार ४ जना यात्रुहरु सामान्य घाइते भएका थिए ।

४ दिन गाडी जिपसंग बाईक ठोक्किएको थियो भने १ बर्षमा ६ वडा दुर्घाटना यसै क्षेत्रमा भएका छन् ।

DS ADD
kantipur
Leave A Reply

Your email address will not be published.