सिगास क्याम्पस स्थापनाका लागि सामुदायिक वनको ८ लाख बढी सहयोग

ds new

बैतडी:

बैतडीमा क्याम्पस स्थापनाका लागि बैतडीको एक सामुदायिक वन उपभोक्ता समूहले ८ लाख ८८ हजार ८८८ रुपैंया सहयोग गरेको छ ।

जिल्लाको पाटन नगरपालिका ३ मा सिगास बहुमुखी क्याम्पस स्थापनाका लागि पाटन ९ मा रहेको सल्लेबासा सामुदायिक वन उपभोक्ता समितिले ८ लाख ८८ हजार ८८८ रुपैंया सहयोग गरेको क्याम्पस सञ्चालन तदर्थ समितिका संयोजक प्रेमसिंह भाटले जानकारी दिए ।

us dintal patan

अहिले सम्म क्याम्पस स्थापनाका लागि ६१ लाख बढी आर्थिक सहयोग संकलन भइसकेको उनले बताए । पाटन नगरपालिका–३ स्थित सिगास मावि गौरीशंकर पोखरी गुरुडामा क्याम्पस स्थापनाको पहल भइरहेको हो । सुदूरपश्चिम विश्वविद्यालयको सम्बन्धन प्राप्त क्याम्पसको रुपमा सिगास बहुमुखी क्याम्पस स्थापनाको पहल भइरहेको भाटले बताए ।

सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्तिका लागि निवेदन दिइसकेको र अन्य तयारीहरु भइरहेको क्याम्पस सञ्चालन तदर्थ समितिले जनाएको छ । विश्व विद्यालयले आह्वान गरेको सूचनाको आधारमा निवेदन पेश गरिसकेको र क्याम्पस स्थापनाका लागि धरौटी, फर्निचर लगायत आवश्यक पुर्वाधार निर्माणका लागि आर्थिक संकलन अभियान जारी रहेको संयोजक भाटले बताए ।

क्याम्पस सञ्चालनका लागि अहिले गौरीशंकर माविकै भवनभित्र कक्षाकोठा र कार्यालयको व्यवस्थापनको गरिएको छ ।

Leave A Reply

Your email address will not be published.