बैतडीमा बजार अनुगमन तीव्र

ललित बाेहरा,बैतडी:

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बैतडी र जिल्ला प्रशासन कार्यालय बैतडीले बजार अनुगमन तीव्रता दिएको छ ।

दशै र तिहार जस्ता चाड पर्वको समयमा अखाध वस्तु विक्रि वितरणलाई न्युनिकरण गर्न अनुगमनलाई तिव्रता दिएको जनाएको छ ।

बैतडीका मुख्य व्यपारीक केन्द्रहरुका विभिन्न पसल तथा होटलको अनुगमन गरिएको कार्यालयले जनाएको छ ।

बिहीबार जिल्लाको पाटन नगरपालिका- ८ खोडपे स्थित विभिन्न पसल तथा होटल अनुगमन गरिएको जनाएको छ ।

बैतडीका स्थानीय तहहरुले पनि बजार अनुगमन गरेको जनाएका छन् । जिल्ला सदरमुकाममा २४ पसल र होटलबाट ३४ हजार बराबरका अखाध्य वस्तु फेला परेर नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बैतडीका प्रमुख ललित कठायतले बताए ।

पाटन नगरपालिका- ८ मा पर्ने खोड्पे बजारको अनुगमनबाट अखाद्य बस्तु फेला नपरेपनि होटल सरसरफाई राख्न सुझाव दिइएको उनले बताए । उनका अनुसार कार्यालयले चाड पर्व बाहेकको समयमा पनि अनुगमन गरिराखेको हुन्छ ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.