बझाङमा जिप दुर्घटना हुदाँ एक जनाको मृत्यु

बैतडीः बझाङमा जिप दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।
जिल्लाको छबिसपाथिभेरा गाउँपालिका ७ मा भएको जिप दुर्घटनामा परी गम्भीर
घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा छबिसपाथिभेरा गाउँपालिका(७ बुड्खोरीका इनार महत रहेका जिल्ला अस्पताल बझाङले बताएको छ । मृतक महतको टाउको र कम्मरमा गम्भीर चोट लागेको थियो । गम्भीर घाइते भएर जिल्ला अस्पताल सिमखेत ल्याइएका उनको उपचारका मृत्यु भएको अस्पतालले जनाएको छ ।

भाँडे बजारबाट बुड्खोरी जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १२६६ नम्बरको जिप शुक्रबार बिहान १०ः ३० बजे छबिसपाथिभेरा(७ खोरी भन्ने स्थानमा दुर्घटना हुँदा ६ जना घाइते भएका थिए । घाइतेमध्ये करिब २५ वर्षीय महतको मृत्यु भएको जिल्ला अस्पतालले जनाएको छ । जिपमा चालक विनोद धामीसहित ९ जना सवार उक्त जिप ब्रेक फेल भएर खोरी र नौराको बीच सडकमा दुर्घटना भएको बिसौना प्रहरीले जनाएको छ ।

बाँकी दुर्घटनामा घाइते भएका छबिसपाथिभेरा गाउँपालिका(७ बुड्खोरीका पाँच जना रामबहादुर धामी, अशोक धामी, सन्तोष धामी, प्रकाश धामी र मिलन धामी जिल्ला अस्पतालमा उपचाररत छन् ।

 

Leave A Reply

Your email address will not be published.