डडेल्धुरा: डडेल्धुरामा अटो दुर्घटना हुदाँ आमा र छोरी घाईते भएका छन् । जिल्लाको आलिताल गाउँपालिका-८ मा अटो दुर्घटनामा गम्भीर घाइते आमा र छोरीलाई अन्यत्र रेफर गरिएको छ ।
दुर्घटनामा परी घाईते भएका आलिताल गाउँपालिका-५ घर भएका अन्दाजी ४७ बर्षका लक्ष्मी ताम्राकार र उनकी छोरी अन्दाजी २२ बर्षिया मिना ताम्राकारलाई थप उपचारका लागि धनगढी रेफर गरिएको प्रहरीले जनाएको छ ।
सु.प.प्र.०२००१ह१७४० नम्बरको अटो स्थानीय गोदाम बजारदेखि आलिताल गाउँपालिका–५ बहिरिसैन जाँदै थियो ।