सेटीगाउँ बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका उम्मेदवार निर्वाचित

बैतडीः

बैतडीको डिलाशैनी गाउँपालिका ६ स्थित सेटीगाउँ बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियु क्रान्तिकारीका मोहन बोहरा निर्वाचित भएका छन्।

बोहराले १०२ मत पाए भने उनका निकटतम् प्रतिस्पर्धी नेविसंघका मदन नाथले ६२ मत प्राप्त गरे। सो क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारी संयुक्त रुपमा चुनाव लडेका थिए। नेविसंघ एक्लै चुनावी मैदानमा उत्रेको थियो। सचिवमा अनेरास्ववियुका रमेश माल ११८ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी नेविसंघकी अम्बिका जोशीले ५० मत ल्याइन्।
यस्तै कोषाध्यक्षमा अनेरास्ववियुका मनोज जोशीले ९९ मत ल्याएर विजयी भएका छन् भने नेविसंघकी बिमा रावलले ६५ मत ल्याइन्। सदस्यहरुमा अनेरास्ववियुका परमेश्वरी जोशी र अर्चना साउँद निर्वाचित भएका छन् भने नेविसंघका गोकर्ण माल पनि सदस्यमा निर्वाचित भएका छन्।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!