बैतडी:
बैतडीको पाटनस्थित प्रसिद्ध उदयदेव मन्दिरमा जात्रा शुरु भएको भएको छ । जिल्लाको पाटन नगरपालिका ६ स्थित उदयदेव मन्दिरमा आजदेखि जात्रा शुरु भएको हो । महाअष्टमी देखि सुरु भएको जात्रा भोलि पशुबलि सहित सम्पन हुने सिद्धनाथ उदयदेव धार्मिक विकास समितिका उपाध्यक्ष चमन कुमार भण्डारीले बताए ।
मन्दिरहरुमा भोली महानवमीका दिन बोका तथा रांगाको बलि दिने चलन रही आएको उनले बताए । महाष्टमीका दिन मन्दिरमा रांगा लग्ने र महानवमीका दिन रांगा काट्ने चलन छ । यसैबीच मन्दिरमा लाग्ने मेलालाई मध्यनजर गरेर मेलास्थललाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । पाटन नगरपालिकाले बजार मुल्य समेत निर्धारण गरेको छ । याे समाचार तयार गदाँसम्म २७ राँगाहरू बलिका लागि मन्दिर परिषरमा ल्याइएकाे छ ।
स्थानीय भाषामा मैतडको जात भनिने उदयदेव मन्दिरको दर्शनका लागि टाढाका भक्तजनहरु समेत मन्दिरमा आउने गरेको पण्डित लवदेव जोशीले बताए । पाटनस्थित मैतड जातमा देउडा खेल समेत हुने गरेको छ । महाअष्टमीको राति महानवमीका दिन देउडा खेल खेलेर भक्तजनहरु रमाइलो गर्ने गर्दछन् ।
मेलालाई भव्य रुपमा सम्पन्न गर्न स्वंयम सेवक सहित सुरक्षाकर्मींहरु परिचालन गरिएका छन्।
मन्दिर परिषरमा पाटन नगरपालिकाले हेल्थडेक्स समेत राखेकाे छ ।