बैतडीमा जात्रा हेरेर फर्किएका एकजनाको बाटोमै मृत्यु

बैतडी :

भीरबाट लडेर बैतडीमा आज एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पाटन नगरपालिका- ४ कुणीका ५० वर्षीय वीरसिंह विष्ट रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी,प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो।

दशरथचन्द नगरपालिका २ स्थित निङलाशैनी मन्दिरमा लागेको जात्रा हेरेर फर्किएका विष्ट घरनजिकै रहेको लिसान्गड भीरबाट लडेका थिए। भीरबाट लडेर गम्भीर घाइते भएका विष्टलाई उपचारको लागि धनगढी लैजादै गर्दा सोमबार बेलुका बाटोमै मृत्युु भएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!