बैतडी:
बैतडीको पाटन नगरपालिका-६ स्थित उदयदेव मन्दिरमा ५७ पशुहरुबो बली दिइएको छ । ४२ राङ्गा र १५ बोकागरी ५७ पशुहरुको बलि दिइएको हो । अष्टमीका दिन बाधिएका राङ्गा तथा बोकाहर नवमीको दिन काटिएको उदयवे मन्दिरका पुजारी लवदेव जोशीले जानकारी दिए । असोज अष्टमी र नवमीको दिन उदयवे मन्दिरमा भव्य मेला लाग्ने गरेको छ ।
यस वर्ष पनि बैतडी सहित सुदूरपश्चिमका बिभिन्न जिल्लाबाट उदयदेव मन्दिरमा पुजाआजाका लागि दर्शनार्थीकहरु आएका थिए । गत वर्ष पाटनमा मेला प्रभावित बनेको थियो । मन्दिरका पुजारी परिवारको परिवारमा नातक परेका कारणले गत वर्ष मेला प्रभावित बन्न पुगेको थियो ।