कृष्ण र सिगास माविमा पूर्व विद्यार्थी समाज गठन

बैतडी:

कष्ण मावि पाटन ६ बैतडीमा पूर्व विद्यार्थी समाजको तदर्थ समिति गठन गरिएको छ । जिल्लाको पाटन नगरपालिका- ६ मा पर्ने कृष्ण माध्यमिक विद्यालयका पूर्व विद्यार्थी प्रेमसिह बिष्टको अध्यक्षतामा पूर्व विद्यार्थी समाजको तदर्थ समितिगठन गरिएको हो ।

समाजको उपाध्यक्षमा लक्ष्मी दत्त भट्ट, सचिव रणबहादुर चन्द, सहसचिव हरिष भुल, कोषाध्यक्ष विष्ना भण्डारी चयन भएको सदस्य चमन कुमार भण्डारीले बताए ।
यसै चमन कुमार भण्डारी, बसन्त प्रकाश बिष्ट, कपील केसी, भुवन जोशी, जानकी अवस्थी जानकी विष्ट, मिरा पन्त र शारदा भुल तदर्थ समितिको सदस्यमा चयन भएका छन् ।

यस्तै बैतडीको पाटनमा रहेको सिगास माध्यामिक विद्यालय गौरी शंकर पोखरीको पूर्व विद्यार्थी समाज गठन गरिएको छ । पाटन नगरपालिका-३ को गुरूडामा रहेको सिगास माध्यमिक विद्यालयका पूर्व विद्यार्थी गोपालसिंह बिष्टको अध्यक्षतामा पूर्व विद्यार्थी समाज गठन गरिएको हो ।

सदस्यहरूमा पार्वती भट्ट,भुवनसिंह केसी,रामसिंह भाट,दिलिप केसी, देवकी भट्ट, हेमन्त महरा र पारस भाट पनि सर्वसम्मत चयन भएको कार्य समितिका अध्यक्ष बिष्टले जानकारी दिए ।

बिष्टकाअनुसार कार्य समिति सर्वसम्मत चयन भएपनि दुई जना उपाध्यक्ष, दुई जना सचिव र दुई जना सहकोषाध्यक्ष पछि मनोनित गरिनेछ ।

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.