डडेल्धुरा जेसीजको इतिहासमै सर्वाधिक धनराशिको भलिवल प्रतियोगिता हुने

डडेल्धुरा :

डडेल्धुरा जेसीजको इतिहासमै सर्वाधिक धनराशिको भलिवल प्रतियोगिता हुने भएको छ। शुक्रबार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गर्दै जेसीजले जिल्ला स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता हुन लागेको जानकारी दिएको हो।

डडेल्धुरा जेसीजको आयोजनामा कात्तिक १२ गतेदेखी १८ गतेसम्म जेसीज सप्ताह कार्यक्रमको अवसरमा भलिवल प्रतियोगिताको आयोजना गरिन लागिएको जेसीज वर्ष २०२३ का अध्यक्ष भोजराज अवस्थीले जानकारी दिए।

कात्तिक १६ गते विहान ११ बजे जिल्ला स्तरीय खुला पुरुष भलिवल प्रतियोगिताको खेल सञ्चालन हुने उनको भनाइ छ।

खेलहरू डडेल्धुरा बहुमुखी क्याम्पसको छात्रवासको प्राङ्गणमा हुने छन् भने जिल्ला बाहिरका खेलाडीलाई सहभागी गराइने छैन्। तर, जिल्लामा कार्यरत संघ संस्थाका खेलाडीले सहभागीता जनाउन पाउने छन्।

उनले १७ गते विहान १० बजेदेखी सेमिफाइनल र १८ गते दिउँसो १ बजेदेखी फाइनल खेलसँगै पुरष्कार वितरण तथा जेसीज सप्ताह कार्यक्रम समापन हुने खेल हुने जानकारी दिए।

अध्यक्ष अवस्थीकाअनुसार भलिवल प्रतियोगितामा प्रथम पुरस्कार ५१ हजार एक सय ११, ट्रफि, मेडल तथा प्रमाणपत्र रहेको छ। यस्तै, द्धितिय पुरस्कार २५ हजार एक सय ११ र तृतिय पुरस्कार १५ हजार एक सय ११ सहित मेडल तथा प्रमाणपत्र रहेको छ।

जेसीज सप्ताह कार्यक्रम अन्र्तगत कात्तिक १२ गते बिहान ८ बजे जेसीज सप्ताह कार्यक्रम उद्घाटन हुने अध्यक्ष अवस्थीले जानकारी दिए। उनले सोही दिन रेडक्रस सोसाइटी डडेल्धुरामा रत्तदान कार्यक्रम समेत रहेको बताए।

‘१३ गते दिउँसो ३ बजे डडेल्धुरा बसपार्कमा म्युजिकल चेयर र घैटो फोड्ने कार्यक्रम छ। १४ गते बिहान ११ बजेदेखी दिउँसो ४ बजेसम्म निशूल्क आँखा चेकजाँच तथा औषधि वितरण, गन्यापधुरा गाउँपालिकाको कार्यालय गणेशपुर छ,’ उनले भने, ‘कात्तिक १५ गते बिहान ११ बजेदेखी दिउँसो ४ बजेसम्म निशूल्क दन्त स्वास्थ्य सल्लाह, उपचार तथा औषधि वितरण कार्यक्रम रहेको छ।’

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!