भोलिदेखि बैतडीमा पिपिएल क्रिकेट : उद्घाटनमा प्रतिष्ठान र ग्वाल्लेक भिड्ने

बैतडी:

बैतडीको पाटनमा कात्तिक १२ गतेदेखि शुरु हुने पाटन प्रिमियर लिग (पिपिएल) को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ ।कुल १७ टिमको सहभागिता रहने प्रतियोगितामा उद्घाटन खेलमा कात्तिक १२ गते दशरथचन्द प्रतिस्ठान र ग्वाल्लेक क्रिकेट क्लबबीच हुने आयोजक पाटन क्रिकेट क्लबका अध्यक्ष किरन चन्दले जानकारी दिनुभयो । सोही दिन मेलौली नगरपालिका र टिम क्वालीटी कैलपालबीच हुने आयोजकले सार्बजनिक गरेको खेल तालिकामा उल्लेख गरिएको छ ।
चार वटा समूहमा खेलाइने खेलमा लिग चरणबाट समूह बिजेता र समूह उपविजेता क्वालीफायर राउण्डमा प्रवेश गर्ने छन् ।

प्रतियोगिताका सबै खेलहरू श्रीकृष्ण माविको खेलमैदानमा हुनेछन् । । प्रथम हुने टिमले १ लाख ११ हजार १११ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्न गर्नेछ । द्वितिय हुने टिमले ५५ हजार ५५५ रुपैया नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्न गर्नेछ ।
म्यान आफ द सीरिज अन्तरगत २२ हजार नगदसहित ट्रफी मेडल र प्रमाणपत्र, बेष्ट ब्याट्सम्यान र बलरले जनही ११ हजार नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्न गर्नेछन् ।
पाटन क्रिकेट क्लबको आयोजनामा हुन गइरहेको प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ।

Leave A Reply

Your email address will not be published.