बैतडीमा सडक दुर्घटना : एकजना गम्भीर घाईते

बैतडी:

बैतडीमा जिप र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।

जिल्लाको पाटन–पञ्चेश्वर सडकखण्ड अन्तर्गत पाटन नगरपालिका– ५ स्याडीखोलमा पाटनबाट मेलौलीतर्फ गइरहेको सामान बोक्ने सु.प.प्र.०२ ००१ च ८४१ नम्बरको जिप र मेलौलीबाट पाटनतर्फ आइरहेको म२प ६९१६ नम्बरको मोटरसाइकल शनिबार बिहान एकआपसमा ठोक्किएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।

दुवै सवारी साधन एकआपसमा ठोक्किँदा मोटर साइकल चालक मेलौली नगरपालिका–६का २१ वर्षीय नरेन्द्र भट्ट गम्भीर घाइते भएका प्रहरी निरीक्षक खत्रीले बताए । घाइते भट्टको डडेल्धुरामा उपचार हुन नसकेपछि धनगढी रेफर गरिएको छ ।

भट्टको दाहिने खुट्टासहित शरीर विभिन्न भागमा चोट रहेको छ भने मोटरसाइकलमा पनि क्षति पुगेको छ ।

जिप चालक डडेल्धुराको भागेश्वर ३ का भुवन जोरालाई र जिपलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक खत्रीले बताए । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.