बैतडी:
बैतडीको पाटन नगरपालिका–९ का मदन सिंह भाटलाई अपाङ्गमैत्री स्कुटर हस्तातण गरेको छ । संगम सामाजिक सेवा काठमाण्डौका संरक्षक अमेरिका निवासी सामाजसेवी बसन्त सापकोटाको आर्थिक सहयोगमा संगम सामाजिक सेवा काठमाण्डौका अध्यक्ष सहदेव प्रशाद सापकोटाले अपाङ्गता भएका भाटको घरमै पुगेर स्कुटर प्रदान गरिएको हो ।
विभिन्न समाजिक क्षेत्रमा सहयोग गर्दै आएका सापकोटाले शनिबार भाटलाई घरमै पुगेर स्कुटर प्रदान गरेको बताएको छ। अपाङ्गता भएका भाटलाई आवतजावतमा सहज होस र थप अतिरिक्त काम गर्न सहज होस भनेर सहयोग प्रदान गरिएको हो । अपाङ्गता भएका भाट पाटन नगरपालिका वडा नम्बर ९ को कार्यालयमा कार्यालय सहायक पदमा कार्यरत कर्मचारी हुन् ।
सीएमसी नेपालमार्फत वडामा कार्यरत सामुदायिक मनोसमाजिक कार्यकर्ता लक्ष्मी बिष्टले अपाङ्गता भएका भाटका लागि स्कुटर प्रदान गर्न पहल गरेकी थिइन् । भाटले आफुलाई हिडडुलमा सहजताका लागि स्कुटर प्रदान गर्नहुने सापकोटा र सहयोगी सबैमा धन्यवाद दिदै खुसी व्यक्त गरेका छन् ।