बैतडीको पाटनमा पिपिएल–३ क्रिकेट प्रतियोगिता शुरु

ललित बोहरा

बैतडी: बैतडीको पाटनमा पिपिएल–३ टी–२० क्रिकेट प्रतियोगिता शुरु भएकाे छ । आईतबार पाटन- ६ स्थित कृष्ण माविको खेलमैदान प्रतियोगिताको उद्घाटन नगर प्रमुख गौरीसिह रावलले गरेका छन्र ।

१७ टिमले सहभागिता जनाएको प्रतियोगितामा उद्घाटन  खेल दशरथचन्द प्रतिस्ठान र ग्वाल्लेक क्रिकेट क्लबबीच जारी छ । याे समाचार तयार पर्दासम्म दशरथचन्द प्रतिस्ठान ग्वाल्लेक क्रिकेट क्लबबीच खेल भइरहेकाे हाे ।

आजै मेलौली नगरपालिका र टिम क्वालीटी कैलपालबीच हुने आयोजकले जनाएको छ । चार वटा समूहमा खेलाइने खेलमा लिग चरणबाट समूह बिजेता र समूह उपविजेता क्वालीफायर राउण्डमा प्रवेश गर्ने छन् ।

जारी प्रतियोगितामा १७ टिमले सहभागिता जनाएका छन् । प्रथम हुने टिमले १ लाख ११ हजार १११ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्न गर्नेछ । द्वितिय हुने टिमले ५५ हजार ५५५ रुपैया नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्न गर्नेछ ।

म्यान आफ द सीरिज अन्तरगत २२ हजार नगदसहित ट्रफी मेडल र प्रमाणपत्र, बेष्ट ब्याट्सम्यान र बलरले जनही ११ हजार नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्न गर्नेछन् ।

पाटन क्रिकेट क्लबको आयोजनामा हुन गइरहेको जारी प्रतियोगिताको यो तेश्रो संस्करण हो । २०७८ देखि ठूलो धनराशीको प्रतियोगिता लगातार भइरहेको छ ।

आयोजक पाटन क्रीकेट क्लबका अध्यक्ष किरन चन्दको सभाध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा प्रमुख अतिथि नगर प्रमुख गौरी सिह रावल रहनु भएको थियो ।  पाटनका उपप्रमुख कमल सिंह बोहरा, यसैगरी जिल्ला खेलकुद संघका अध्यक्ष चमन कुमार भण्डारी, जिल्ला क्रीकेट संघका अध्यक्ष बिनोद बहादुर चन्द, क्रीकेट संघका प्रदेश उपाध्यक्ष रमेश बोहरा,लगायत स्थानीय जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.