पिपिएल सिजन–३ : प्रतिष्ठान र कैलपाल को विजयी सुरुवात

बैतडी: बैतडीको पाटनमा आजबाट शुरु भएको पाटन प्रिमियर लिग टी– २० क्रिकेट प्रतियोगितामा दुई खेल सम्पन्न भएका छन् ।

आज भएको पहिलो खेलमा दशरथचन्द स्मृती प्रतिष्ठानले ग्वाल्लेक क्रिकेट क्लबलाई ८२ रनले हराएको छ भने दोश्रो खेलमा टिम क्वालीटी कैलपालले मेलौली नगरपालिकालाई १२१ रनले हराएको छ ।

आज भएको पहिलो खेलमा दशथचन्द स्मृति प्रतिष्ठानले ग्वाल्लेक बिरुद्ध टस जितेर व्याटिङ गरेको थियो । प्रतिष्ठानले निर्धारित १५ ओभरमा ७ विकेटको क्षतिमा १६० रन बनायो । प्रतिष्ठानका डम्बर तिरुवाले ५८ रनको अर्धसतकिय पारी खेलेका थिए । उनले ५ चौका र १ छक्का हिर्काए । त्रिलोक महराले ३४ तथा ललित मौनीले २६ रन बनाए । ग्वाल्लेकका भोजराज जोशीले २ विकेट लिए ।

१६१ रनको विजयी लक्षका साथ मैदान उत्रेको ग्वाल्लेक ७९ रनमा अल आउट भयो । ग्वाल्लेकका लागि तर्कराज जोशीले २४ रन बनाउन बाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । प्रतिस्ठानका कृष्ण विष्टले ह्याट्रीक सहित ४ विकेट लिए । त्यसैगरी मुकेस मौनीले पनि ४ विकेट दिए । प्रतिष्ठानमा तिरुवा म्यान आफ द म्याच चुनिए ।
यसैगरी आजै भएको दोश्रो खेलमा मेलौली नगरपालिकाले टस जित्दै फिल्डीङ गर्ने निर्णय लिएको थियो । ब्याटिङको निम्तो पाएको कैलपालले निर्धारित १५ ओभरमा ४ विकेट गुमाएर २०१ रनको विशाल लक्ष प्रस्तुत गरेको थियो ।

कैलपालका प्रदीप चन्दले १२०रनको सतकीय पारी खेलेका थिए । ४६ बल सामाना गरेका चन्दले ६ छक्का र १० चौका प्रहार गरेका थिए । लोकेन्द्र बहादुर चन्दले ४४ रन हिर्काए ।
२०१ रनको विशाल लक्ष पच्छ्याउने क्रममा मेलौली नगरपालिकाको टिमले १० ओभरमा अल आउट हुदै ७९ रन मै मेटियो । मेलौलीका अभिशेक पालले ३२ र नरेन भट्टले २७ रन बनाउन बाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् ।
कैलपालका लोकेन्द्र बहादुर चन्दले ५ विकेट लिए । सतकीय पारी खेलेका कैलपालका चन्द म्यान आफ द म्याच चुनिए । प्रतियोगिताको दोश्रो दिन १३ गते भोली टिम क्वालीटी कैलपाल र दशरथचन्द प्रतिष्ठानबीच पहिलो खेल हुने छ भने दोश्रो खेल भुमेश्वर युवा क्लब र सहस्त्रलिङ्ग क्रिकेट क्लबबीच हुने छ । त्यसैगरी १३ गतेको अन्तिम खेल मेलौली नगरपालिका र ग्वाल्लेक क्रिकेट क्लबबीच प्रतस्पर्धा हुने छ ।

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.