उपराष्ट्रपति यादवले लिए शपथ

काठमाडौं:

उपराष्ट्रपति रामसहायप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा विशेष कार्यक्रमकाबीच यादवले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ खाएका हुन् ।

जनता समाजवादी पार्टी (जसपा)बाट उम्मेदवार बनेका यादव यही चैत ३ गते उपराष्ट्रपति पदमा निर्वाचित भएका थिए ।

निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन पासाङको कार्यकाल चैत ४ गते सकिएको थियो ।

Leave A Reply

Your email address will not be published.