माओवादी केन्द्रका ६८ केन्द्रीय सदस्यसहित १ सय ३० नेता डडेल्धुरामा

ललित बोहरा
डडेल्धुरा: 

नेकपा माओवादी केन्द्रका ६८ केन्द्रीय सदस्यसहित १ सय ३० नेताहरु डडेल्धुरा पुगेका छन् । माओवादी केन्द्र सुदुरपस्चिम प्रदेश समितिको ३ महिने जनता सङ्ग पार्टी विशेष रुपान्तरण अभियान अन्र्तगत आबधिक समिक्षा बैठकका लागि नेताहरु डडेल्धुरा पुगेको डडेल्धुरा जिल्ला संयोजक उमेश प्रशाद भट्ट विकाशले बताए।

सुदूरपश्चिम प्रदेश कार्यक्षेत्र भएका ६८ केन्द्रीय सदस्य, ९ जिल्ला संयोजक, ९ जिल्ला सचिव, ५ जना केन्द्रीय आयोगका सदस्य ७ सल्लाकार परिषद सदस्य, ११ जेष्ठ नेता, १३ जना प्रदेश पदाधिकारी र ५ जना थप नेता गरी १ सय ३० जना २ दिन डडेल्धुरामा रहने छन् ।

अभियानको समिक्षा बैठक आइतबार अजयमेरु ३ भद्रपुरमा सुरु भएको छ । छलफलका प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका केन्दीय उप महासचिव तथा प्रधानमन्त्रीका प्रमुख राजनितीक सल्लाहाकार हरिबोल गजुरेल रहेका छन भने स्थायी कमिटी सदस्य तथा सदूरपश्चिम प्रदेश संसदीय दलका नेता खगराज भट्टको अध्यक्षतामा जारी छलफल सोमबार सकिने जनाएको छ ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!