बैतडी: १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी आरोपमा किशोर पक्राउ

बैतडी :

बैतडीमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमामा एकजना किशोर पक्राउ परेका छन्।

जिल्लाकाे पञ्चेश्वर गाउँपालिका-४ लडागाउँ बस्ने १८ वर्षीय किशोरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।

किशोरले गत असार २७ गते राति र भदौ २३ गते राति ती किशोरीलाई आफ्नै घरमा ल्याई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय तस्वदेहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.