बैतडीकाे पञ्चेश्वरमा बलात्कृत किशोरी गर्भवती रहेको खुलासा

बैतडी:

बैतडीमा एक किशोरी बलात्कृत भएकी छन्।बलात्कृत हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिकाकी १८ वर्षीया किशोरी रहेकी छन्।

किशोरी बलात्कारको आरोपमा पञ्चेश्वरकै १७ वर्षीय नाबालक प्रकाउ परेका जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी,प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो।

पक्राउ परेका किशोरले किशोरीलाई असार २७ र भदौ २३ गते राति घरमै बोलाएर जबरजस्तीकरणी गरेको आरोप छ।पीडित किशोरी बलात्कारपछि गर्भवती भएपछि पोल खुलेको हो ।

पक्राउ परेका किशोरमाथि जवरजस्तीकरणी मुद्दा दर्ता भएर जिल्ला अदालतबाट ५ दिनको म्याद थपिएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!