बैतडीको पाटन प्राथमिक स्वास्थ्य केन्द्रले किन भन्यो एम्बुलेस छैन?

ds new

ललित बोहरा/ बैतडी: 

बैतडीको पाटन प्राथमिक स्वास्थ्य केन्द्रका इचार्ज प्रेम सागर भट्टले बिरामीलाई एम्बुलेस र चालक छैन भनेको अडियो बाहिरीएको छ ।

बिरामीले एम्बुलेस स्वास्थ्य केन्द्र पाटन अगाडी देखेपछि डिस्र्चाज भएका पाटन नगरपालिका-६ गांगराका देव पन्तले घर जान एम्बुलेस खोजेका थिए ।

चालकलाई फोन नलागेपछि इन्र्चाज भट्टलाई फोन गरे, इर्चाज भट्टले एम्बुलेस पनि छैन चालक पनि छैन् भनेको आफ्न्तलाई फोनमै रुखो बोलेको अडियो अहिले सामाजीक सञ्जालमा पोष्ट गरिएको छ ।

दमका बिरामी पन्त सधै जसो स्वास्थ्य केन्द्रमा आउने जाने गरिहेका थिए । आईतबार उनलाई घर जान गाडीको समस्याले भएकाले एम्बुलेस गुहारेको आफ्न्त प्रकाश पन्तले बताए ।

‘घर लैजान गाह्रो हुने जस्तो लागेपछि मैले एम्बुलेस खोजेको ल्याउने बेला पनि छैन भन्यो घरफिर्ता हुने समयमा पनि छैन भन्यो, पन्तले भने, इन्चार्जपछि आएर एक हजार अहिले दिनुस अनी लग्नुस भने थिएन पछि दिन्छु भने एम्बुलेस नै दिएन्’
बिरामीका नाती पन्तले शोमबार एम्बुलेस उपलब्ध गराउन नसक्ने कर्मचारीलाई कारवाहिको माग गर्दै पाटन नगरपालका नगरप्रमुख गौरी सिह रावललाई निवेदन दिएका छन् ।

निवेदनमा नगर प्रमुख रावलले कर्मचारीलाई बोलाएर छलफल गर्नु पर्ने भनेर प्रमुख प्रशासकिय अधिकृतलाई तोक लगाएको स्रोतले बताएको छ ।

त्यसपछि इन्चार्ज भट्टले आफ्नो समस्या सुनाएपछि जनप्रतिनिधी र कर्मचारीले कुनै प्रतिक्रिया नदिएको स्रोतले बताएको छ । तर निवेदक भने घरराईसी समस्याका कारण आउन नसक्ने भनेर छलफलमै आएन् ।

us dintal patan

के भन्छन् इर्चाज भट्ट?

पाटन नगरपालिका एम्बुलेसमा स्थायी चालक छैन पाटन-५ स्याडीगाडमा दुर्घटना भएको थियो टीपरको चालकलाई धनगढी पठाएको थिए । साझँ तिर पाटन पुगेको रहेछ मलाइ थाहा भएन एम्बुलेस धनगढी गा छ भनेकै हो ।

एम्बुलेस चाहिने बिरामी पनि हाईन्न मलाई फोन आएपछि म स्वास्थ्य केन्द्र पुगेर बिरामीको जाने व्यवस्था मिलाएको थिए तर पौसा लाग्रने भनेपछि उनीहरूले संग मोटरसाइकल थियो त्यसमै लागे। अर्को कुरा उनलाई ४ पटक एम्बुलेसले बोकेको छ।

रेफर हुनेलाइ हो धनगढी, डडेल्धुरा एम्बुलेस चाहिने । डिस्चार्ज बिरामीलाइ घर ल्याउने-लैजाने समयमा इर्मरजेन्सी बिरामी आए के गर्ने ? त्यसैले इर्मरजेन्सी बिरामीलाई एम्बुलेस सेवा दिने हो जो आयो दिए त काहाँ सबैलाई पुग्छ। पन्त जीलाई अक्सीजनको समस्या हुन्छ बजारमै पनि बसोवास थियो । यतै पनि राख्न सकिन्थो । उनको बिषय सामन्य नै हो । ठुलाे बनाए ।

यसबारेमा शोमबार नगरपालिका पनि छलफल भएको र आफुले प्रष्ट समस्याहरु राखेको इन्र्चाज भट्टले इन्फो समाचारलाई बताए ।

लामो समय चालकको समस्या रहेको स्वास्थ्य केन्द्रमा नयाँ चालक पाटन नगरपालिको भवन भण्डारीलाई पठाएको प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर बुढाले बताए ।

१ बर्षबाट जिम्मेवारी नदिएका हाजिरकै भरमा तलब खाने चालक दिनेश चन्दलाई नगरपालिका हाजिर हुने भनेको प्रमुख प्रशासकिय अधिकृत बुढाले बताए ।

नोट: अडियो सुरक्षीत छ

 

 

 

Leave A Reply

Your email address will not be published.