बैतडी:
बैतडीको पाटनमा जारी तेश्रो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल–३)मा भुमेश्वर युवा क्लबले लगातार दोश्रो जित हात पारेको छ ।
पहिलो खेलमा सहस्त्रलिङ्ग क्रिकेट क्लबलाई पारजित गरेको भुमेश्वरले आज भएको खेलमा दिप्चन क्रिकेट क्लबलाई २१ रनले पराजित गरेको छ ।
आज भएको अन्तिम खेलमा टस हारेर ब्याटिङको निम्ता पाएको भुमेश्वरले निर्धारित १५ ओभरमा ८ विकेट गुमाएर १ सय ३८ रन बनाएको थियो । भुमेश्वरका विनोद बिष्टले ३६, केशव टेरले २६ र दिनेश बिष्टले २५ रन बनाएका थिए । दिप्चनका आकाश भट्टराईले ३ तथा खेम भट्टराईले २ विकेट लिए ।
१ सय ३९ रनको विजयी लक्ष पच्छ्याएको दिप्चन क्रिकेट क्लबले १ सय १७ रन मात्रै बनाउन सकेको स्कोरर दिपक बोहराले बताए । दिप्चनका कैलाश भट्टराईले ६२ रनको अर्धसतकीय पारी खेलेपनि जितका लागि प्रयाप्त भएन ।
टिमका लागि १३ रन हिर्काएर १ विकेट समेत लिएका भुमेश्वरका राज कुवँर म्यान अफ द म्याच चुनिएका स्कोरर बोहराले बताए । दिप्चन दिप्चन क्रिकेट क्लब पाटन नगरपालिका-१ काे टीम हाे भने भुमेश्वर युवा ४ काे हाे ।
जारी प्रतियोगिता कार्तिक २४ गतेसम्म चल्ने छ । लिग चरणका म्याच सकिएपछि क्वाटर फाइनलाका खेलहरु हुने आयोजम पाटन क्रिकेट क्लबका अध्यक्ष किरन चन्दले जानकारी दिए ।