पिपिएल-३: ग्वालेकलाई पराजीत गर्दै कैलपालको क्वाटरफाईनले स्थान पक्का

बैतडी:

बैतडीको पाटनमा जारी तेश्रो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल–३)मा टिम क्वालीटी कैलपाल क्वाटरफाइनलमा प्रवेश गरेको छ । समुह बिजेता बनेको कैलपाल क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

लिग चरणको अन्तिम खेलमा ग्वालेक क्रिकेट क्लबलाई पराजित गर्दै कैलपाल समुह बिजेता बन्दै क्वाटर फाइनलमा स्थान पक्का गरेको हो ।
आज भएको खेलमा टिम क्वालीटी कैलपालले टस जितेर ब्याटिङ गरेको थियो । कैलपालले निर्धारित १५ ओभरमा ६ विकेट गुमाएर १७१ रन बनाएको थियो । कैलपालका प्रकाश पाण्डेयले ३५, रहुल चन्दले ३१ र प्रदिप चन्दले २७ रन बनाएका थिए ।

ग्वाल्लेकका हरि पन्तले २ विकेट लिए । १७२ रनको विजयी लक्ष पच्छ्याएको ग्वाल्लेकले ११५ रन मात्रै बनाउन सक्यो । ग्वाल्लेकका पंकज जोशीले ५३ रनको अर्धसतकीय पारी खेलेका थिए । अर्धसतीयक पारी खेलेको ग्वाल्लेकका जोशी नै म्यान आफ द म्याच चुनिदएका स्कोरर दिपक बोहराले जानकारी दिए ।

DS ADD
kantipur
Leave A Reply

Your email address will not be published.