बैतडी:
बैतडीको पाटनमा जारी तेश्रो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल–३)मा मेलौली नगरपालिका क्वाटरफाइनलमा प्रवेश गरेको छ । लिग चरणको अन्तिम खेलमा दरशथचन्द स्मृति प्रतिष्ठानलाई १९१ रनको फराकिलो अन्तरले जित हात पार्दै मेलौली क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
आज भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको मेलौलीले निर्धारित १५ ओभरमा २५७ रनको विशाल योगफल तयार गरेको थियो । मेलौलीका लागि बसन्त सिंह कार्कीले ७६ र अशोक पालले ६८ रनको अर्धसतकिय पारी खेलेका थिए ।
जवाफि ब्याटिङमा उत्रेको प्रतिष्ठानको टिम ११.२ ओभरमा ६६ रन बनाएर अलआउट भयो । मेलौलीका सचिन भट्टले ४ विकेट लिए । मेलौलीका बसन्त सिंह कार्की म्यान अफ द म्याच चुनिए । प्रतिष्ठानको टिम जारी प्रतियोगिताबाट बाहिरिएको स्कोरर दिपक बोहराले बताए ।