बिद्युत महसुल नबुझाउने पाटन नगरपालिका बैतडीको लाईन काटियो

ललित बोहरा/बैतडी

नेपाल बिद्युत प्राधिकरणलाई महसुल नबुझाउने पाटन नगरपालिका बैतडीको लाईन काटिएको छ ।

नेपाल बिद्युत प्राधिकरण विवरण केन्द्र पाटनले बिद्युत महसुल वापतको रकम नगरपालिका ४ महिना भन्दा बढी समयको भूक्तानी नगरेकाले मिटरको लाइन काटिएको जनाएको छ ।

प्राधिकरण विवरण केन्द्र पाटनले नगरपालिकाको एकिकृत हल, पालिकाबाट टाढा रहेको कृषि शाखा, प्रमुख प्रशासकिय अधिकृतसहितका कर्मचारी बस्ने निवासको लाईन काटेको जनाएको छ ।

तीन दिन अगाडी सूचना दिएर पनि नगरपालिका बिल भुक्तानी गर्न आनाकानी गरेपछि लाईन बिद्युत प्रवाह बन्द गरिएको नेपाल बिद्युत प्राधिकरण विवरण केन्द्र पाटनले जनाएको छ ।
बिद्युत प्राधिकरणका एक कर्मचारीले भने, ‘३ दिन पहिले ३ जना नगरपालिका पुगेर बिल तिर्न अनुरोध गरेका थियौँ तर भुक्तानी भएन् । लाईन काटीएको छ , अब भुक्तानी नभएसम्म लाईन जोडिदैन्।’

नगरपालकाले लेखापाल नयाँ आएकाले खाता सञ्चालन पछि मात्र भुक्तानी गर्न सक्ने जनाएको बिद्युत कार्यालयका कर्मचारीले बताए ।

कृष्ण मन्दीरले पनि लामो समयलेखी बिल भूक्तानी नगरेपछि लाईन काटिएको छ । भने केही बिदलय सहित ६ वटा सरकरी कायार्लयको लाइन काटीएको नेपाल बिद्युत प्राधिकरण विवरण केन्द्र बैतडीले जनाएको छ ।

बिजुलीको बिल भुक्तानी नगर्ने ग्राहकको लाईन काट्ने कार्य बैतडीमा तिब्र पारीएको छ ।

 

 

us dintal patan
Leave A Reply

Your email address will not be published.