पिपिएल–३: आज पनि ३ खेल सम्पन्न, नागेश्वरको लगातार दोश्रो जित

बैतडी: 

बैतडीको पाटनमा जारी तेश्रो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल–३)मा नागेश्वर क्रिकेट क्लबले लगातार दोश्रो जित दर्ता गरेको छ । नागेश्वरले आज भुमेश्वर युवा क्लब र धारिलो क्रिकेट क्लबलाई पराजित गरेको हो ।
आज ३ खेल भएका थिए । पहिलो खेलमा नागेश्वरले भुमेश्वर युवा क्लबलाई पराजित गरेको थियो भने दोश्रो खेलमा सहस्त्रलिङ्गले दिपचन क्रिकेट क्लबलाई पराजित गरेको थियो । आजै भएको तेश्रो खेलमा धारिलोलाई नागेश्वरले हराएको छ ।
आज भएको पहिलो खेलमा नागेश्वरका बिरुद्ध भुमेश्वर क्रिकेट क्लबले टस हारेर ब्याटिङको निम्तो पाएको थियो । भुमेश्वरले निर्धारित १५ ओभरमा ८ विकेट गुमाएर १०६ रन बनाएको थियो । उसका लागि प्रकाश बिष्टले ४८ रन बनाए । नागेश्वरका सुरज देउवा, कृष्ण बिष्ट र आशिष बिष्टले समान एकएक विकेट लिएका थिए । भुमेश्वरका पाँच खेलाडी रन आउटको धरापमा परेका थिए ।
१०७ रनको विजयी लक्ष पच्छ्याएको नागेश्वरले १४ औँ ओभरमै ८ विकेट गुमाएर लक्ष भेट्टाएको स्कोरर दिपेन्द्र बोहराले जानकारी दिए । नागेश्वरका हरिश चन्दले ४२ रनको पारी खेलेका थिए । उनि नै म्यान आफ द म्याच चुनिए । भुमेश्वरका दिपक ऐरीले ३ विकेट लिए ।
यसैगरी आजै भएको दोश्रो खेलमा सहस्त्रलिङ्ग क्रिकेट क्लबले दिपचन क्रिकेट क्लबलाई हराएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको दिपचन त्रिकेट क्लबले ९.४ ओभरमा नै अलआउट हुदै २६रन मात्रै बनाउन सक्यो । सहस्त्रलिङ्गका लक्ष्मण महराले ३ विकेट लिए । दिपचनका ५ खेलाडी रन आउटको धरापमा परे ।
२७ रनको समान्य लक्षसहित मैदान उत्रेको सहस्त्रलिङ्ग क्रिकेट क्लबले १.४ ओभरमा नै लक्ष भेट्टाएको स्कोरर दिपेन्द्र बोहराले जानकारी दिए । सहस्त्रलिङ्गका लक्ष्मण महरा म्यान आफ द म्याच चुनिए ।
यसैगरी आजै भएको अन्तिम खेलमा नागेश्वर क्रिकेट क्लबले धारिलो क्रिकेट क्लबलाई हराएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नागेश्वरले निर्धारित १५ ओभरमा ८ विकेट गुमाएर १५६रन बनाएको थियो । उसका लागि आशिष बिष्टले ३४, कृष्ण बिष्टले २९ र हरिश चन्दले २१ रनको योगदान गरे ।
धारिलोका दिनेश जोशी र अमित कठायतले समान तीनतीन विकेट लिए ।
१५७ रनको विजयी लक्षका साथ मैदान उत्रिएको धारिलोले १५ ओभर खेल्दै १३१ रन मात्रै बनाउन सक्यो । उसका लागि सन्तोष साउँदले ३७ रन बनाउन बाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । नागेश्वरका अशिष बिष्ट म्यान आफ द म्याच चुनिए ।
यहीँ कार्तिक १२ गतेदेखि सुरु भएको तेश्रो संस्करणको पिपिएल पैतियोगिता कार्तिक २४ गते सम्पन्न हुने छ ।

 

us dintal patan
Leave A Reply

Your email address will not be published.