बैतडी:
बैतडीका एक युवा लागुपदार्थ ब्राउनसुगरसहित धनगढीमा पक्राउ परेका छन् । जिल्लाको सिगास गाउँपालिका–९ का २४ वर्षीय सन्दिप चन्द पक्राउ पर्नेका हुन्र।
प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका–३ त्रिनगर व्यारेल नजिकबाट १ ग्राम ८ सय ६० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थसहित चन्द पक्राउ परेका हुन् ।
उनी लागु पदार्थ सहित बुधबार राति पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी कुलदिप चन्दले जानकारी दिए । पक्राउ परेका माथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।