क्याम्पसको सम्बन्ध प्राप्तिका लागि निवेदन दिने बिद्यालयको अनुगमन गर्दै सुप बिश्वबिद्यालय

बैतडी: 

क्याम्पसको सम्बन्ध प्राप्तिका लागि निवेदन दिने बिद्यालयको सुदूरपश्चिम् बिश्वबिद्यालयले अनुगमन थालेकाे छ ।

बैतडीमा शिगास बहुमुखी क्याम्पस स्थापनार्थ सुदूरपश्चिम् बिश्वबिद्यालयका डिन भवान सिंह चलाउने नेतृत्वको टिमले स्थलगत अनुगमन गरेको हाे ।

पाटन नगरपालिका वडा नम्बर ३ पोखरीमा सिगास बहुमुखी क्याम्पस सञ्चालनका लागि सुदूरपश्चिम् बिश्वबिद्यालयबाट सम्बन्ध प्राप्तिका लागि पेस गरिएको आवेदन अनुसार सम्भाव्यता अध्ययन गर्न गरिहेको जनाएको छ । बिश्वबिद्यालयका डिन चलाउनेको संयोजकत्वमा क्याम्पसको सम्भाव्यता अध्ययन गरेर गएको बिद्यालय स्रोतले जनाएको छ ।

सुदूरपश्चिम् बिश्वबिद्यालयबाट सम्बन्ध प्राप्तिका लागि पेस गरिएको आवेदन अनुसार सबै ठाउँका शिक्षण संस्थाको स्थलगत अनुगमन थालिएको सुदूरपश्चिम् बिश्वबिद्यालयले जनाएको छ ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.