मोटरसाईकल दुर्घटनामा डडेल्धुराका एक युवकको मृत्यु

डडेल्धुराः कैलालीको गोदावरीमा मोटरसाईकल दुर्घटना हुदाँ  डडेल्धुराका एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा डडेल्धुरा जिल्लाकाे परशुराम नगरपालिका- ११ बस्ने २१ बर्षिय खडक बिष्ट रहेका छन । गए राती करिव ८ः४० बजे साझ सु प प्र०२ ००३ प ६०५८ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका बिष्टलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो। गए राती करिव २ः३० बजे बिष्टको मृत्यु भएको अस्पतालले पुष्टि गरेको थियो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.