जाजरकोट भूकम्प : मृत्यु हुनेको संख्या १३२ पुग्यो

काठमाडौं:

जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको संख्या १३२ पुगेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार मृत्यु हुनेको संख्या १३२ पुगेको हो।

मृत्यु हुनेमध्ये जाजरकोटमा ९५ र रुकुम पश्चिममा ३७ जना छन्। त्यस्तै, जाजरकोटमा ५५ र रुकुम पश्चिममा ८५ गरी कुल १४० घाइते भएका छन्। यो शनिबार बिहान १० बजेसम्मको अपडेट रहेको प्रहरीको भनाइ छ।

शुक्रबार राति ११:२३ बजे जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो।

DS ADD
kantipur
Leave A Reply

Your email address will not be published.