डडेल्धुराका स्थानीय तह भूकम्पपीडितलाई धमाधम आर्थिक सहयोगको घोषणा गर्दै

डडेल्धुरा:

डडेल्धुरा स्थानीय तह भूकम्पपीडितलाई धमाधम आर्थिक सहयोगको घोषणा गरिरहेका छन् । अहिले सम्म डडेल्धुराका तीन स्थानीय तह परशुराम नगरपालिकालेका नगरप्रमुख भरत जोशीले भूकम्प पीडितलाई सहयोग गर्ने घोषणा गरेका छन्। उनले आफूले पाउने सुविधावापतको एकलाख रकम जाजरकोट तथा रुकुमपश्चिमका भूकम्प पीडितलाई दिने घोषणा गरेका हुन्।
यता गन्यापधुरा गाउँपालिकाले भूकम्पपीडितलाई दुई लाख दिने घोषणा गरेको छ ।

गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर कार्कीका अनुसार पीडितको उद्दार तथा राहातको लागि सहयोग स्वरुप गाँउपालिकाको तर्फबाट दुई लाख दिने घोषणा गरिएको हो ।
नवदुर्गा गाउँपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई सहयोग गर्ने भएको छ । गाउँपालिकाका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले सहयोग गर्ने घोषणा गरेका हुन् ।

अवस्थीले सामाजिक सञ्जाल फेसबुकमार्फत जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई सहयोगस्वरुप नवदुर्गा गाउँपालिकाको तर्फबाट एक लाख ५० हजार सहयोग गर्ने जानकारी दिएका छन् ।

एक करोड आर्थिक सहयोगसहित मेडिकल टिम पठाउने सुदूरपश्चिम सरकारले निर्णय गरेको छ ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!