बैतडी:
बैतडीको शिवनाथ गाउँपालिकाले भूकम्प पिडीतलाई १ लाख २५ हजार दिने भएको छ। जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई १ लाख २५ हजार रुपैँया राहत स्वरुप उपलब्ध गराउने भएको हो ।
आइतबार बसेको कार्यपालिका बैठकले राहत स्वरुप उक्त उपलब्ध गराउने निर्णय गरेको शिवनाथ गाउँपालिकाका सूचना अधिकारी महेश महताले जानकारी दिए । जाजरकोटलाई ७५ हजार तथा रुकुम पश्चिमलाई राहत स्वरुप ५० हजार रुपैँया सहयोग उपलब्ध गराउने आज एक प्रेस विज्ञप्ति जारी गर्दै गाउँपालिकाले जनाएको छ।
जाजरकोट र रुकुम पश्चिम जिल्लाको जिल्ला विपद् व्यवस्थापनलाई सो रकम उपलब्ध गराइने गाउँपालिका अध्यक्ष कर्ण सिह साउदले बताए । दुःखको यस घडीमा पालिकाबाट सद्भाव स्वरूप तत्काल राहतका लागी जाजरकोट र रुकुम पश्चिम जिल्ला विपद् व्यवस्थापन समितिको उपलब्ध गराउन लागिएको अध्यक्ष साउदले जानकारी दिए । ।