डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिकाले भूकम्प पीडितलाई सवा लाख दिने भएको छ।
जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि एक लाख २५ हजार पठाउने निर्णय भएको नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशीले जानकारी दिए।
उनका अनुसार उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने छ।