डडेल्धुरा सदरमुकामका सडक भित्र पर्ने घर-टहर भत्काउन सुरु

ds new

डडेल्धुरा :

डडेल्धुरा जिल्ला सदरमुकाम क्षेत्रको सडक विस्तारका लागि सडक क्षेत्रमा पर्ने घर-टहर भत्काउन सुरु गरिएको छ । अमरगढी नगरपालिकाले सडक क्षेत्रमा पर्ने संरचना हटाउन आजदेखि डोजर चलाएको हो ।

नगरपालिकाको वडा नम्बर ५ का अध्यक्ष टंकबहादुर क्षेत्रीका अनुसार घरधनीले मुआब्जा पाएको महिनौं पुगे पनि सडक क्षेत्रमा पर्ने संरचना भत्काउन अटेरी गरेपछि अमरगढी नगरपालिकाले आजदेखि डोजर चलाएको हो ।

us dintal patan

सदरमुकामको बागबजारदेखि रानीधारासम्मका घर तथा जग्गाको सम्पूर्ण मुआब्जा वितरण भइसकेको छ । सडक डिभिजन कार्यालय डोटीका अनुसार मुआब्जा वितरण गरेर महाकाली राजमार्गको नाममा लालपूर्जा पनि आइसकेको छ । तर मुआब्जाको सम्पूर्ण रकम पाएका घरधनीले पनि संरचना भत्काउन अटेरी गरेपछि सडक निर्माणको प्रक्रिया अगाडि बढाउन ढिलाई भइरहेको छ ।

जिल्ला सदरमुकाम क्षेत्र महाकाली राजमार्गमा पर्छ । कैलालीको मोहना पुलदेखि दार्चुलासम्मको महाकाली राजमार्गको चौडाइ राजपत्रमा फरकफरक छ । कैलालीदेखि डडेल्धुराको बसपार्कसम्म ५० मिटर र डडेल्धुरा बसपार्कदेखि दार्चुलासम्म ३० मिटर राजमार्गको चौडाइ रहेको राजपत्रमा उल्लेख छ ।

सोअनुसार डडेल्धुरा जिल्ला सदरमुकामको बागबजार, तुफानडाँडा, कीर्तिपुरलगायतका क्षेत्रमा सडकको चौडाइ ३० मिटर हुनुपर्ने हो । तर, जिल्ला सदरमुकाम बागबजारलगायत तुफानडाँडा–कीर्तिपुर–पोखरा हुँदै दार्चुलाको खलंगासम्मको महाकाली राजमार्ग ५ मिटर चौडा मात्रै कालोपत्रे गरिएको छ ।

वडा कार्यालय र नगरपालिकाले पटकपटक आग्रह गर्दा पनि बेवास्ता भएपछि १३ गते सात दिनको म्याद दिएर अन्तिम पटकका लागि संरचना हटाउन सूचना जारी गरेका थियाे

Leave A Reply

Your email address will not be published.